जापान जान कति जापानी भाषा (JLPT) चाहिन्छ?
Sandip Bomjam
@sandipbomjan
जापानमा पढ्न जान चाहने विद्यार्थीहरूको मुख्य प्रश्न हुन्छ— "मलाई कति जापानी भाषा आउनुपर्छ?"
जापानी भाषाको क्षमतालाई JLPT ले नाप्छ। यसमा N5 (शुरुआती) देखि N1 (उच्च) सम्म ५ वटा लेभल हुन्छन्:
N5 र N4: साधारण अक्षर, वाक्य र ढिलो बोलिने कुराकानी बुझ्न सक्ने।
N3: सामान्य दैनिक कुराकानी र लेखहरू सजिलै बुझ्ने।
N2 र N1: समाचार, कलेजको पढाइ र विजनेसमा पूर्ण रूपमा भाषा प्रयोग गर्न सक्ने।
ल्याङ्ग्वेज कलेजका लागि:
यदि तपाईं ल्याङ्ग्वेज स्कुल जाँदै हुनुहुन्छ भने N5 वा N4 (कम्तीमा १५० घण्टा पढेको) लेभल चाहिन्छ। कलेजले १ देखि २ वर्षभित्र तपाईंलाई N2 वा N1 सम्म पुर्याउँछ।
पार्ट-टाइम काम (Arubaito) को लागि:
किचन वा होटेलको पछाडिको काम: N5 – N4 भए पुग्छ।
काउन्टर वा स्टोरको काम: ग्राहकसँग बोल्नुपर्ने हुनाले N3 – N2 चाहिन्छ।
मुख्य कुरा: नेपालमै N5/N4 राम्ररी सिकेर जानुभयो भने जापानमा दैनिक जीवन बिताउन र छिट्टै पार्ट-टाइम काम पाउन धेरै सजिलो हुन्छ!